
नेपाल पत्रकार महासंघ गोरखा शाखामा नरेन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन्।
नेपाल पत्रकार महासंघ गोरखाको आइतबार सम्पन्न सातौं अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
महासंघ गोरखा शाखाको सातौं अधिवेशनबाट ढकालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन भएको हो।
कार्यसमितिको खुल्ला उपाध्यक्षमा विकास मरहट्टा, महिला उपाध्यक्षमा अस्मिता सिंखडा र सचिवमा सुजन न्यौपाने चयन भएका छन्।
यस्तै, सह–सचिवमा मोहसिन अलि मियाँ र समावेशी सह–सचिवमा दानबहादुर गुरुङ, कोषाध्यक्षमा गुणबहादुर रोका चयन भएका छन्।
सदस्य (आदिवासी जनजातितर्फ) बाट बिबर गुरुङ चयन भएका छन्।
समावेशी सदस्यतर्फ संगीता चेपाङ, सुदीप श्रेष्ठ, मेलिना बराम, राजेश पौडेल र विमल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
त्यस्तैगरी, राष्ट्रिय परिषद सदस्यमा नरहरि सापकोटा र किरण कुमार लोहनी चयन भएका छन्।
गत मंसीर २८ गते हुने भनिएको निर्वाचन सदस्य बिबाद भएपछि झन्डै साँढे ४ महिना पत्रकार महासंघ गोरखा शाखाको निर्वाचन स्थगित हुँदै आएको थियो।