‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५’ को उत्कृष्ट ५ मनोनयन

८ विधामा उत्कृष्ट ५/५ जनाको नाम सार्वजनिक गरिएको हो, अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा अवार्ड छनोट समिति गठन

जनसम्मत
वैशाख १०, २०८२, बुधबार

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले आयोजना गर्न लागेको ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड–२०२५’ का लागि उत्कृष्ट ५ मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरिएको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ८ विधामा उत्कृष्ट ५/५ जनाको नाम सार्वजनिक गरिएको हो।

यस पटक अवार्ड ८ विधामा प्रदान गरिँदैछ।

जसमध्ये, दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता समेटिएको छ।

साथै, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फोटो पत्रकारहरूलाई पनि प्रदेशस्तरीय अवार्ड प्रदान गरिँदैछ।

विधागत उत्कृष्ट ५ का मनोनयनहरूमध्ये ‘नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्ड’ मा हरि महर्जन, स्कन्द गौतम, दीपेन्द्र ढुंगाना, अभिषेक महर्जन र बिजेन अमात्य छनोट भएका छन्।

त्यसैगरी, ‘पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्ड’ मा देविका बिस्ट, कबिता थापा, मेनुका कार्की, रमिता छुँजु र सकुन्तला राना छनोट भएका छन्।

त्यस्तै, ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्ड’ तर्फ अनिश रेग्मी, चन्द्रबहादुर आले, दीपेन्द्र ढुंगाना, गोपाल दाहाल र स्कन्द गौतम छनोट भएका छन्।

यसैगरी, ‘डिश होम इन्टरनेट खेलकुदतर्फ फोटो पत्रकारिता अवार्ड’ तर्फ उदिप्तसिंह क्षत्री, सफल केसी, साजन लामिछाने, सरोज नेपाल र सौरभ केसी छनोट भएका छन्।

यस्तै, ‘कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्ड’ तर्फ अजय लेन्सम्यान, दिलिप वैद्य, शंकर भुजेल, राजिब हेन्गाजु र टेकबहादुर खड्का छनोट भएका छन्।

‘एडभेन्चर आउटडोर पर्यटन तथा संस्कृति फोटो पत्रकारिता अवार्ड’ का लागि अम्बीर तोलाङ्, अमित मचामासी, हरि महर्जन, मनोजरत्न शाही र सुशील श्रेष्ठ छनोट भएका छन्।

त्यस्तै, ‘राष्ट्रिय बाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्ड’ तर्फ स्कन्द गौतम, सरोज राई, सागर बस्नेत, प्रेम थापा र अभिषेक महर्जन छनोट भएका छन्।

यसैगरी, ‘ग्लोबल आइएमई बैक आर्थिक फोटो पत्रकारिता अवार्ड’ का लागि दिपेन्द्र ढुंगाना, अम्बीर तोलाङ्, चन्द्रबहादुर आले, स्कन्द गौतम र अभिषेक महर्जन छनोट भएका छन्।

 

प्रदेशस्तरीय फोटो पत्रकारिता अवार्डतर्फ

 

प्रदेशस्तरीय उत्कृष्ट ५ मनोनयनमा ‘गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्ड’ तर्फ अर्जुन कुलुङ राई, गुरु ढकाल, नेत्र बिमली, शरद जोशी र सुजन बज्राचार्य छनोट भएका छन्।

मधेश प्रदेशतर्फ ‘अर्मेंद्रकुमार यादव, चन्द्रदेव साह, दिवाकर भण्डारी, राम सर्राफ र तिवारी यादव छनोट भएका छन्।

त्यस्तै, ‘ललितपुर महानगरपालिका बागमती प्रदेश फोटो पत्रकारिता अवार्ड’ तर्फ अमरदीप श्रेष्ठ, गणेश बिष्ट, मिलन घिमिरे, नबीन पौडेल र उद्धवकुमार श्रेष्ठ छनोट भएका छन्।

गण्डकी प्रदेशको फोटो पत्रकारिता अवार्ड’ तर्फ बिष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, प्रेम थापा र सागर गिरी छनोट भएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशतर्फ जानु पाण्डेय, खगप्रसाद चापागाई, माधवप्रसाद अर्याल, मनिष अर्याल र राज अधिकारी छनोट भएका छन्।

‘रोयल इन्फिल्ड कर्णाली प्रदेशको फोटो पत्रकारिता अवार्ड’ तर्फ अमरराज पुन, अमृतकुमार बुढाथोकी, बलबहादुर ओली, भारत घर्ति र कविराज कार्की छनोट भएका छन्।

‘सुदुरपश्चिम प्रदेशको फोटो पत्रकारिता अवार्ड’ तर्फ भुपेन्द्र ओली, बिनोद बिष्ट, खडक रावल, लोकेश साउद र माधव अवस्थी छनोट भएका छन्।

 

अवार्ड छनौट समितिको अध्यक्षमा प्रदिपराज वन्त

 

अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा गठित अवार्ड छनोट समितिमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ एण्ड कम्यूनीकेशन प्रमुख मेघेन्द्रप्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सह–सम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहेका छन्।

संयोजक वन्तले देशभरिका फोटो पत्रकारहरूबाट प्राप्त आवेदन तथा उनीहरुले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा मनोनयन गरिएको जानकारी दिएका छन्।

अवार्डको अन्तिम घोषणा बैशाख १३ गते शनिबार दिनको २ बजे, होटल हिमालयन, कुपन्डोल, ललितपुरमा आयोजना गरिँदैछ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कार्यक्रमका प्रमुख अतिथि रहनेछन्।

कार्यक्रमकै अवसरमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्‍याएका एक जना अवकाशप्राप्त फोटो पत्रकारलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिने आयोजक संस्था एनएफपीजेका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिएका छन्।

‘यो सम्मान फोटो पत्रकारहरूको श्रम, समर्पण र पेशागत योगदानको उच्च मूल्यांकन रहन्छ’, श्रेष्ठले दाबी गरेका छन्।