शिवहरीको निर्देशनमा ‘लक्का जवान’

शिवहरी पौडेल ‘प्वाक्क मुखमा हान्नु जस्तो’ संवादले चर्चित बनेका कलाकार हुन्

जनसम्मत
असार २१, २०७६, शनिबार

पोखरा । ठूलो पर्दाको ‘लक्का जवान’ नामक फिल्मबाट हाँस्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यु गर्दैछन् ।

हालै राजधानीमा कलाकार किरण केसीको जन्मदिनको अवसर पारेर आयोजित एक कार्यक्रममा ‘लक्का जवान’ निर्माणको घोषणा गरिएको हो । ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने फिल्ममा सह–निर्माताको रुपमा किरण र अभिनेता दीलिप रायमाझी रहनेछन् ।

अभिनेता दीलिप रायमाझीको छोरी दिव्याले फिल्ममा अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने उक्त फिल्म पारिवारिक तथा कमेडी कथामा निर्माण हुने शिवहरीले जानकारी दिएका छन् ।

फिल्मको कलाकार र प्राबिधिक पक्षको अहिले छनौट भइरहेको शिवहरीको भनाई छ । शिवहरी पौडेल ‘प्वाक्क मुखमा हान्नु जस्तो’ संवादले चर्चित बनेका कलाकार हुन् । ‘लक्का जवान’ फिल्मको छायाँकन छिट्टै हुने बताइएको छ ।