तारादेवी र अरुणा लामाका गीतहरु गुञ्जदैं

‘रारा टेस्ट अफ हार्मोनी’

जनसम्मत
असार २१, २०७६, शनिबार

‘रारा टेस्ट अफ हार्मोनी’ धुनहरुमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखरामा बिहीबार पत्रकार सम्मेलन गर्दै पोखेली सुगम संगीत गायिकाहरुको संस्था ‘हार्मोनी’ द मोर्डन सङस्ट्रेसेस अफ पोखरा’ ले पोखराको सभागृहमा दिउँसो १ बजे गरिने विशेष सांगीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो ।

सांगीतिक कार्यक्रममा संस्थामा रहेका सम्पूर्ण गायिकाहरुले आ–आफ्नो प्रस्तुती रहने पनि आयोजकले जानकारी दिएका छन् । ईतु जोजिजु, कौशल्या गुरुङ, शितल थापा, मितुपाल सिंह, अजुदा थापा, बबी सुनार, इनिशा दुरा, प्राप्ति तुलाचन, रजनी रिदम राई, ममता गुरुङ, लक्ष्मी गिरी, स्नेहा गुरुङ, सबिना सुनाम, रुमा तुप्रिहाङ थापा, एलिना गुरुङलगायतका गायिकाहरुले कार्यक्रममा प्रस्तुती दिने छन् ।

त्यस्तै सहयोगी कलाकारहरुको रुपमा कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुती रहनेछ ।

कार्यक्रममा संस्थाले ३ जना कलाकारहरुलाई सम्मान गर्दै छ । दार्जलिङ्की गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्याङ्गाना रत्न दाशलाई हार्मोनी सम्मानवाट सम्मान गर्ने भएको हो । उदयमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान गरिनेछ ।