पोखरेल र बस्नेतलाई वरिष्ठ पत्रकार–२०८१ को सम्मान

राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ बाट ६ पत्रकारहरु पुरस्कृत

जनसम्मत
वैशाख २४, २०८२, बुधबार

पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेत वरिष्ठ पत्रकार सम्मान–२०८१ बाट सम्मानीत भएका छन्।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सूचना तथा संचार प्रविधि मन्त्रालयले आज (बुधबार) शितल निवासमा आयोजना गरेको कार्यक्रममा पोखरेल र बस्नेतलाई वरिष्ठ पत्रकारको सम्मान प्रदान गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई सो सम्मान प्रदान गरेका हुन्।

त्यसैगरी, ६ जना पत्रकारहरु राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ बाट सम्मानीत भएका छन्।

पुरस्कृत हुने पत्रकारहरुमा विमल गौतम (बागलुङ), दीपेन्द्र श्रेष्ठ (कास्की), लोग्शरी कुँवर (कैलाली), दीपेन्द्र बान्तवा (संखुवासभा), डिल्लीराम खतिवडा (उदयपुर) र सागर पण्डित (तनहुँ) छन्।

पुरस्कार राशि १ लाख नगद र कदरपत्र रहेको छ।