
पोखराका पत्रकार केशव पाठक र दुर्गा अधिकारीलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।
स्व. पत्रकार गजेन्द्र भण्डारीको सम्झनामा उनका परिवारद्वारा स्थापित एवं नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कारको राशि २५ हजार र सम्मानपत्र छ।
महासंघ कास्कीका पूर्व अध्यक्ष एवं सल्लाहकार दीपेन्द्र श्रेष्ठ संयोजक रहेको प्रतिभा छनोट समितिले पाठक र अधिकारीलाई क्रमश: वर्ष २०८१ र ०८२ का लागि पुरस्कार प्रदानका लागि महासंघमा सिफारिस गरेको थियो।
शाखा अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा बसेको बैठकले उक्त सिफारिस अनुमोदन गरेको हो।
छनोट समितिमा राजबहादुर गुरुङ र रामप्रसाद तिमिल्सेना सदस्य एवं शाखा अध्यक्ष बराल र सचिव भूपाल गुरुङ पदेनसदस्य थिए।
सम्मानीत हुने दुवै पत्रकार २ दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन्।
पाठक, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्षसमेत हुन्।
उनी, पोखरा स्पोर्ट्स अनलाइनका सम्पादकसमेत हुन्।
अधिकारी रेडियो सफलतामा आबद्ध छिन्।
उनी वानकी केन्द्रीय उपाध्यक्षसमेत हुन्।