
विष्णुहरि पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत चुनिएका छन्।
मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सह–सचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने छन्।
समितिका सदस्यहरूमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जीवी भुर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी छन्।
अधिवेशन सम्पन्न गर्नका लागि महेश्वर पाण्डेको संयोजकत्वमा भरतप्रसाद तिवारी र वासुदेव पौडेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले अधिवेशनको उद्घाटन गर्दै सामाजिक सञ्जालको बढ्दो प्रयोगले चुनौतीपूर्ण बन्दै गएको बर्तमान अवस्थामा पत्रकारिताको मर्म र भावनालाई मर्न दिन नहुने उल्लेख गरिन्।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले लेखनाथ क्षेत्र प्राकृतिक रुपमा सुन्दरका साथै यहाँका संघसंस्थाबीच सहकार्य र एकता राम्रो रहेको भन्दै प्रशंसा गरे।
मञ्चका अध्यक्ष कविराज खनालको सभापतित्व एवं संस्थापक अध्यक्ष भीमपाणि बरालले स्वागत गरेको कार्यक्रम निवर्तमान सचिव विष्णुहरि पौडेलले संचालन गरेका थिए।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, कृयाशील महिला पत्रकार संघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पगेनी, पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरी, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेललगायतले बोलेका थिए।