
आइसीसी महिला टी–२० विश्वकप कप २०२६ एशिया छनोटमा नेपाल र हङकङको खेल वर्षाका कारण रद्ध भएको छ।
थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकि रद्द भएको हो।
आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन्।
आजै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हरायो।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईको सहभागिता छ।
समूह ‘सी’ मा रहेको नेपालसँगै बहराइन र हङकङ छन्।
समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहेको छन्।
समूह ‘बी’ मा मलेसिया, कतार र युएई छन्।
हरेक समूहका टोलीले एक–आपसमा २ खेलेपछि समूहको शीर्ष टोलीले ‘सुपर थ्री’मा स्थान बनाउने छ।
‘सुपर थ्री’ मा शीर्ष २ मा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछ।
नेपालले अब भोलि (शनिबार) बहराइनसँग खेल्नेछ।