महिला टी–२० विश्वकपको एशिया छनोट: नेपालले बहराइनलाई हरायो

नेपालले ४ ओभर २ बलमा १ विकेट गुमाएर ९ विकेटले हरायो

जनसम्मत
वैशाख २७, २०८२, शनिबार

महिला टी–२० विश्वकपको एशिया छनोट खेलमा नेपालले बहराइनलाई हराएको छ।

आइसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले शनिबार भएको खेलमा बहराइनलाई ९ विकेटले हरायो।

टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले नेपाललाई जीतका लागि ४२ रनको लक्ष्य दिएको थियो।

जवाफमा नेपालले ४ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो।

आजको खेलमा नेपालकी कविता कुँवरले ११ बलमा सर्वाधिक १८ रन बनाइन्।

सम्झना खड्काले १० बलमा अविजित १३ रन जोडिन्।

इन्दु बर्माले ५ बलमा ७ रन थपिन्।

बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो।

खेल ढिलो सुरू भएका कारण ५ ओभरमा झारिएको थियो।

यसअघि, हिँजो (शुक्रबार) को खेलमा मैदान ओसिलो भएका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले १/१ अंक बाँड्यो।

नेपालले २ खेलबाट ३ अंक जोडेको छ।

एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईको सहभागिता छ।

नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन्।

नेपालले अब मंगलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ।

हरेक समूहका टोलीले एकआपसमा २ पटक खेलेपछि समूहको शीर्ष टोलीले ‘सुपर–थ्री’ मा स्थान बनाउनेछ।

‘सुपर–३’ बाट शीर्ष २ टोली ग्लोबल छनोट चरणमा पुग्नेछन्।