
पत्रकारहरु दुर्गा अधिकारी र केशव पाठकलाई गजेन्द्र भण्डारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
पोखराका पुराना पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारले स्थापना गरेको गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु अधिकारी र पाठक सम्मानीत भएका हुन्।
नेपाल पत्रकार महासंघ कास्कीले स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्तीको अबसर पारेर आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई दोसल्ला ओढाएर जनही २५ हजार र सम्मानपत्र प्रदान गरे।
भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारी र परिवारले नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी २०५४ सालमा उक्त पुरस्कारको स्थापना गरेका हुन।
पत्रकार अधिकारी र पाठक दुवै जना बिगत २ दशकदेखि पत्रकारितामा क्रियाशील छन्।
नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्षसमेत रहेका पाठक पोखरा स्पोर्ट्स् अनलाइनका सम्पादक हुन्।
क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष रहेकी अधिकारी निजी रेडियोहरुको संगठन वानका केन्द्रीय उपाध्यक्ष हुन।