महिला टी–२० विश्वकप छनोट: नेपाल ’सुपर–थ्री’ मा पुग्यो

हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ’सुपर–थ्री’ मा प्रवेश, ’सुपर–थ्री’ मा नेपालले युएई र थाइल्यान्डसँग खेल्ने

जनसम्मत
जेठ २, २०८२, शुक्रबार

नेपाली महिला टोली आइसीसी टी–२० विश्वकप एशिया छनोटको ’सुपर–थ्री’ मा पुगेको छ।

हङकङ र बहराइनबीच शुक्रबार भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा ‘सुपर–थ्री’ मा प्रवेश गरेको हो।

नेपालले ४ खेलबाट २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो।

हङकङले ४ खेलबाट १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अंक जोडेको छ।

बहराइन भने ४ खेलबाट २ मा बराबरी र २ मा हारसहित २ अंक जोडेर पुछारमा रह्यो।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ।

हरेक समूहको विजेता ‘सुपर–थ्री’ मा पुग्नेछन्।

‘सुपर–थ्री’ को शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन्।

अब, नेपालले ५ गते (सोमवार) युएईसँग ‘सुपर–थ्री’ खेल्नेछ।

त्यसैगरी, ६ गते मंगलवार थाइल्यान्डसँग ‘सुपर–थ्री’ खेल्नेछ।

यी दुवै टोली नेपालभन्दा बलिया छन्।