नेपाली फिल्म ‘जात्रै जात्रा’ले ५१ दिन मनायो

फिल्म निर्माण टिमले शनिबार राजधानीका ५१ दिनसम्म ‘जात्रै जात्रा’ लागेका हलहरुमा पुगेर दर्शकसँग बसेर केकसमेत काटेको समाचार छ

जनसम्मत
असार २२, २०७६, आइतबार

पोखरा । प्रदीप भट्टराई निर्देशित फिल्म जात्रै जात्राले प्रदर्शनको गौरवमय ५१ दिन पूरा गरेको छ ।

राजधानी तथा मोफसलका ७ वटा हलहरुमा प्रदर्शनको ५१ दिन पूरा गरेको हो ।

फिल्म निर्माण टिमले शनिबार राजधानीका ५१ दिनसम्म ‘जात्रै जात्रा’ लागेका हलहरुमा पुगेर दर्शकसँग बसेर केकसमेत काटेको समाचार छ । समाचार अनुसार निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ, कलाकार रविन्द्र झा, नायिका बर्षा राउत लगायतका टिम नै उपस्थित भएर केक काटेका हो । बालाजुको बीएसआर, चाबहिलको एफक्युव र सुन्धाराको सिभिल मलका दर्शकसँग बसेर फिल्मका टिमले केक काटेका हुन् ।

प्रदीप भट्टराईले निर्देशन गरेको तीनवटा फिल्महरुले प्रदर्शनको ५१ दिन पूरा गर्न सफल भएको छ । डेव्यु फिल्म ‘जात्रा’, दोश्रो फिल्म ‘शत्रुगते’ र तेश्रो फिल्म ‘जात्रै जात्रा’ले प्रदर्शनको शानदार ५१ दिन पूरा गरेको हो । शनिबार साँझ फिल्मको भव्य ५१ दिन सेलिव्रेसन कार्यक्रम समेत राखिएको छ । ‘जात्रै जात्रा’ मा बिपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा र बर्षा राउतको मुख्य भूमिका छ ।