पीएम कप एनभीए भलिबल: पुरुषतर्फ हेल्प नेपालको शानदार जीत

हेल्प नेपालले आफ्नो पहिलो खेलमा विभागीय आर्मीमाथि ३–० को सोझो सेटमा जीत निकाल्यो

जनसम्मत
जेठ ८, २०८२, बिहीवार

साविक विजेता टिप टप हेल्प नेपालले नवौं संस्करणको प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा सानदार विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा भएको पुरुषतर्फको तेस्रो खेलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गर्‍यो।

पहिलो सेट प्रतिस्पर्धात्मक बन्यो।

जहाँ हेल्प नेपाल ३०–२८ ले बाजी मार्न सफल भयो।

१–० ले पछि परेको आर्मी खेलमा फर्कन सकेन।

त्यसपछि दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले जित्दै हेल्प नेपालले सहज जित हात पार्‍यो।

भलिबल लिग मन्तर्गत विहीबार भएको पुरुषतर्फको पहिलो खेलमा विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लबले सूदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा हरायो।

त्यसैगरी, विहीबार नै भएको पुरुषतर्फकै दोस्रो खेलमा घरेलु गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३–को सेटमा हरायो।

लिगअन्तर्गत विहीबार पुरुषतर्फ विभागीय नेपाल पुलिस क्लब र मणिमुकुन्द भलिबल क्लबबीच अन्तिम खेल हुनेछ।

नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्दैछ।

सबैले एक–अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।

दुवैतर्फको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

त्यस्तै, उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

दुवैतर्फका ‘सर्वोत्कृष्ट खेलाडी’ ले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

विधागत ‘उत्कृष्ट’ लिब्रो, सरभर, ब्लकर, लिफ्टर र स्पाइकरले जनही २५ हजार रुपैयाँ नगद पाउनेछन्।

लिगमा महिला/पुरुष दुवैतर्फका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।

तस्बीर: योगेन श्रेष्ठ