पीएम कप एनभीए भलिबल: न्यु डायमन्ड स्पोर्ट्सको शानदार जीत

न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो

जनसम्मत
जेठ ९, २०८२, शुक्रबार

न्यु डायमन्ड स्पोर्ट्स क्लबले प्रधानमन्त्री कप एनभीए लिगको महिलातर्फ शानदार सुरुआत गरेको छ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको पहिलो खेलमा न्यु डायमन्डले कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई ३–० सोझो सेटमा हरायो।

एकतर्फी खेलमा न्यु डायमन्डले २५–१३, २५–१०, २५–१० ले आफ्नो पक्षमा पार्‍यो।

जीतसँगै न्यु डायमन्ड स्पोर्ट्सले महत्वपूर्ण ३ अंक जोड्यो।

कर्णलीको भने यो लगातार दोस्रो हार हो।

कर्णाली, २ खेलबाट अंकविहीन छ।

यसअघि कर्णाली विभागीय सशस्त्र प्रहरीको टोली नेपाल एपीएफ क्लबसँग २५–१०,२५–१०, २५–१५ ले पराजित भएको थियो।

सबैले एक–अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।

दुवैतर्फको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

त्यस्तै, उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

दुवैतर्फका ‘सर्वोत्कृष्ट खेलाडी’ ले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

विधागत ‘उत्कृष्ट’ लिब्रो, लिफ्टर, सर्भर, ब्लकर र स्पाइकरले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

लिगमा महिला/पुरुष दुवैतर्फका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।