पीएम कप एनभीए भलिबल: महिलातर्फ विभागीय पुलिसको शानदार जीत

पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो

जनसम्मत
जेठ ९, २०८२, शुक्रबार

साबिक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभीए भलिबल लिगको महिलातर्फ आफ्नो पहिलो खेलमा शानदार जित दर्ता गरेको छ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको महिलातर्फको दोस्रो खेलमा पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो।

विभागीय टोली पुलिसले खेल २५–१९, २५–१८,२५–१८ ले आफ्नो पक्षमा पार्‍यो।

जीतसँगै पुलिसले ३ अंक जोड्यो।

पराजित एभरेस्टको पनि २ खेलबाट समन ३ अंक नै छ।

पहिलो खेलमा एभरेस्टले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २२–२५, २५–१०, २५–१७, २५–१३ ले पराजित गरेको थियो।

शुक्रबार नै भएको महिलातर्फको पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई ३–० सोझो सेटमा हराएको थियो।

एकतर्फी खेलमा न्यु डायमन्डले २५–१३, २५–१०, २५–१० ले आफ्नो पक्षमा पार्‍यो।

सबैले एक–अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।

दुवैतर्फको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

त्यस्तै, उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।

तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

दुवैतर्फका ‘सर्वोत्कृष्ट खेलाडी’ ले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।

विधागत ‘उत्कृष्ट’ लिब्रो, लिफ्टर, सर्भर, ब्लकर र स्पाइकरले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

लिगमा महिला/पुरुष दुवैतर्फका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।