
विभागीय नेपाल पुलिस क्लबले नवौं संस्करणको पीएम कप एनभीए लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ।
पुलिसले कोशी प्रदेशलाई सोझो सेटमा हरायो।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको खेलमा पुलिसले कोशीलाई कुनैपनि अवसर नै दिएन।
पुलिस २५–१२, २५–२९ र २५–१५ ले विजयी बन्यो।
विहीबार पुलिसले मणि मुकुन्दलाई पनि सोझो सेटमै हराएको थियो।
लगातार दोस्रो जीतसँगै पुलिसले ६ अंक जोड्यो।
शुक्रबार नै भएको महिलातर्फको खेलमा साविक विजेता पुलिसले जीतका सााथ सुरुवात गरेको छ।
सबैले एक–अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।
दुवैतर्फको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
त्यस्तै, उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
दुवैतर्फका ‘सर्वोत्कृष्ट खेलाडी’ ले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
विधागत ‘उत्कृष्ट’ लिब्रो, लिफ्टर, सर्भर, ब्लकर र स्पाइकरले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
लिगमा महिला/पुरुष दुवैतर्फका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।