
घरेलु गण्डकी प्रदेशले नवौं संसकरणको पीएम कप एनभीए लिग भलिबलमा पुरुषतर्फ लगातार दोस्रो जित हात पारेको छ।
गण्डकीले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा घरेलु गण्डकीले आर्मीमाथि २५–१९, २५–१७ र २५–१८ को जीत निकाल्यो।
२ खेलबाट गण्डकीले ५ अंक बटुलेको छ।
गण्डकीले विहीबार कोशी प्रदेशलाई हराएको थियो।
आर्मीको भने यो लगातार दोस्रो हार हो।
२ खेल हारेको आर्मी अंकविहीन छ।
सबैले एक–अर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन्।
दुवैतर्फको विजेताले ८ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
त्यस्तै, उपविजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।
तेस्रो हुने टोलीले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
दुवैतर्फका ‘सर्वोत्कृष्ट खेलाडी’ ले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ।
विधागत ‘उत्कृष्ट’ लिब्रो, लिफ्टर, सर्भर, ब्लकर र स्पाइकरले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
लिगमा महिला/पुरुष दुवैतर्फका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन्।