दुर्गा भण्डारी र जमुना वर्षालाई संचारिका पत्रकारिता पुरस्कार प्रदान

म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान

जनसम्मत
जेठ १०, २०८२, शनिबार

संचारिका समूहकी संस्थापक अध्यक्ष दुर्गा भण्डारी र संचारिका समूह, गण्डकीकी पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई संचारिका पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

संचारिका समूह गण्डकीले दुर्गा र जमुना वर्षालाई पुरस्कार प्रदान गरिएको हो।

संचार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र संचारिका समूह गण्डकीको सह–आयोजनामा शनिबार पुरस्कार अर्पण कार्यक्रम गरिएको हो।

पोखरामा शनिबार पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम तथा पुरस्कार अर्पण कार्यक्रम भएको छ ।

नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन्।

पुरस्कार राशि २० हजार रुपैयाँ नगद र सम्मान–पत्र छ।

पुरस्कृत भण्डारी सूचना आयोगकी आयुक्तसमेत हुन्।

त्यसैगरी, जमुना वर्षा पत्रकार महासंघ गण्डकीकी महासचिव समेत हुन्।

कार्यक्रममा म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड प्रदान गर्‍यो।

यो पुरस्कारको राशि १० हजार रुपैयाँ नगद र सम्मान–पत्र छ।