
साविक विजेता टिप टप हेल्प नेपाल एनभीए भलिबल लिगको पाँचौ पटक च्याम्पियन बनेको छ।
हेल्प नेपालले नवौं संस्करणको पीएम कप एनभीए लिगको पुरुषतर्फको उपाधिसमेत रक्षा गरेको छ।
हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो।
हेल्प नेपालले एनभीए भलिबलको उपाधिसहित सर्वाधिक पुरस्कार राशि नगद ८ लाख जित्यो।
उपविजेत ाबनेको गण्डकीले नगद ४ लाख पुरस्कार जित्यो।
हेल्प नेपालले पोखराको बहुउद्देश्यीय कभर्ड हलमा विहीबार शानदार पुनरागमन गर्यो।
सुरुवाती लगातार २ सेट हात पारेको घरेलु गण्डकीलाई उत्कृष्ट पुनरागमन गर्दै हेल्प नेपालले पछिल्लो ३ सेटमा स्तब्ध बनायो।
घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जित्न सफल रहयो।
यो जीतमा हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसीपमा समेत छनोट भएको छ।
गत वर्ष नेपालमा आयोजना भएको काभा क्लब च्याम्पियन्समा हेल्प नेपाल र गण्डकीले नै प्रतिस्पर्धा गरेका थिए।
हेल्प नेपालले गण्डकीमाथि २५–२० र २७–२५, २५–२२, २५–१४ र १५–८ ले स्तब्ध बनायो।
प्रतियोगितामा नेपाल पुलिस तेस्रो बन्यो।
तेस्रो बनेको नेपाल पुलिस क्लबले २ लाख पुरस्कार जित्यो।
तेस्रो स्थानका लागि विहीबार नै भएको विभागीय डर्बीमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएको थियो।
पुलिसले आर्मीलाई २७–२५, २५–२०, २३–२५ र २५–१४ ले हरायो।
एनभीए भलिबल लिगमा पुरुषतर्फ च्याम्पियन टोली टिपटप हेल्प नेपालका मुबासर ‘सर्वोत्कृष्ट खेलाडी’ बने।
सर्वोत्कृष्ट खेलाडी बनेका मुबासरले नगद ५० हजार रुपैयाँ पुरस्कार जिते।
त्यसैगरी, पुरुषतर्फ हेल्प नेपालका सन्तोष राई उत्कृष्ट लिब्रो घोषित भए।
हेल्प नेपालकै अकिब खान उत्कृष्ट सेटर बने।
उपविजेता गण्डकी प्रदेशका वकबल खान उत्कृष्ट सर्भर घोषित भए।
गण्डकीका आइमल खान उत्कृष्ट स्पाइकर बने।
तेश्रो भएको नेपाल पुलिस क्लबका सफल विक उत्कृष्ट ब्लकर घोषित भए।
हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक चुनिए।
उनीहरुले जनही २५/२५ हजार रुपैयाँ पुरस्कार जिते।