
नेपालको महिला राष्ट्रिय फुटबल टोली पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ।
थाइल्यान्डको क्लोज डोरमा शुक्रबार भएको खेलमा थाइल्यान्डसँग १–० गोलअन्तरले नेपाल पराजित भयो।
पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोक्न सफल बन्यो।
खेलको दोस्रो हाफमा भने थाइल्यान्डले नेपाललाई १ गोल हानेको हो।
एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल यही जेठ १९ गते खेल्नेछ।
एसियन कप छनौटअघि नेपालले त्यसको तयारी स्वरुप थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल एसियन कप छनौटको समूह ‘एफ’ मा रहेको छ।
यस समूहमा नेपालसहित लाओस, उज्वेकिस्तान र श्रीलंका छन्।
यस समूहको छनौट खेल उज्वेकिस्तानमा हुनेछ।
नेपालले पहिला छनोटकोे खेल जुन २९ मा लाओससँग खेल्नेछ।