
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली हङकङसँग उसकै घरेलु मेदानमा गोलरहित बराबरी खेलेको छ।
सो कोन पोमा रहेको हङकङ रंगशालामा विहीबार बेलुका भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको थियो।
नेपालले हङकङसँग ३७ वर्षपछि खेलेको हो।
यसअघि, नेपालले सन् १९८८ मा काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा खेलेको थियो।
त्यो खेल पनि बराबरीमा सकिएको थियो।
आउँदो मंगलवार २०२७ एएफसी एशिया कप छनोटको लागि तेस्रो चरणका खेलहरु खेल्दैछन्।
नेपालले आफ्नो दोस्रो खेलमा लाओससँग खेल्ने तालिका छ।
हङकङले त्यही दिन भारतसँग खेल्दैछ।
यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो।
छनोटको आफ्नो पहिलो खेलमा समूह ‘सी’ मा रहेको हङकङले सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो।
नेपाल भने मलेशियासँग २–० ले हारेको थियो।
फिफा वरीयतामा नेपाल १७५ औं स्थानमा छ।
हङकङ नेपालभन्दा २२ स्थानमाथि १५३ औं स्थानमा छ।
तस्बीर: एन्फा