
पोखरामा ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ।
नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारिता तालिम सुरु भएको हो।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले तालिमको उद्घाटन गर्दै समाजलाई सचेत, सुशुचित र सकृय गराउने काम पत्रकारिताको भएको बताए।
तालिमले पत्रकारलाई गतिशिल बनाउन मद्दत गर्ने उनको भनाई थियो।
नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष कृष्णप्रसाद वास्तोलाले हाल संचार क्षेत्रमा आर्थिक मन्दीको अवस्था रहेको बताए।
पत्रकारिता क्षेत्रमा आकर्षण बढाउन र प्रविधिको प्रयोग गर्दै यस क्षेत्रलाई परिस्कृत तबरले आगाडी बढाउन तालिम प्रभावकारी हुने उनको धारणा थियो।
नेपाल खोजमुलक मल्टिमिडिया पत्रकारिता संजालको प्राविधिक सहयोगमा संचालित तालिमका प्रमुख प्रशिक्षक संजालका संस्थापक रननीश भण्डारी छन्।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन सचिव भुपाल गुरुङले गरेका थिए।
३ दिनसम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्व ६० जना पत्रकार एंवम संचारकर्मीको सहभागिता रहेको छ।