एसीसी यु–१६ इस्ट जोन कप: नेपालको लगातार दोस्रो जीत

नेपालले आफ्नो दोस्रो खेलमा जापानलाई ९ विकेटले हरायो

जनसम्मत
असार १०, २०८२, मंगलवार

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले लगातार दोस्रो खेल जितेको छ।

आज (मंगलबार) भएको खेलमा नेपालले जापानलाई ९ विकेटले हरायो।

जापानले दिएको ८१ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि सिवान्स बजगाईँले अविजित ३८ रन बनाए।

प्रसिद्ध जोशीले अविजित ३३ रन बनाए।

जापानका केइसीइ कोबायशी डोगेटले १ विकेट लिए।

त्यसअघि, मलेशियाको कोजल टुन्कु जाफर ओभरल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जापान ३४ ओभर ३ बलमा अलआउट भयो।

जापानका लागि कप्तान चार्ली ह्यारिसले सर्वाधिक ३६ रन बनाए।

नेपालका शुभम खनालले ५ विकेट लिए।

यस्तै, अभय यादवले २ रन थपे।

सुशीलबहादुर रावल र विपिनप्रसाद शर्माले समान १/१ विकेट लिए।

यो जीतसँगै नेपाल समूह ‘ए’ मा २ खेलमा ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

आइतवार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो।

१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन्।