विभागीय एपीएफ क्लब बन्यो, गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल च्याम्पियन

त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ बनिन्

जनसम्मत
असार १४, २०८२, शनिबार

विभागीय सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रथम गण्डकी कप राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

पोखरा रंगशालास्थित ह्याण्डबल कोर्टमा विभागीय डर्बीमा एपीएफ क्लब च्याम्पियन बनेको हो।

विभागीय डर्बीमा एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि फाइनल भिडेका थिए।

फाइनलमा आर्मीमाथि एपिएफ हाबी हुँदै ३१–१७ को जित निकाल्दै उपाधि चुमेको हो।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पश्चात यो नै ह्याण्डबलको सबैभन्दा ठूलो प्रतियोगिता हो।

उपाधीसँगै एपीएफले नगद १ लाख रुपैयाँको पुरस्कार जित्यो।

उपविजेता बनेको आर्मीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

सेमिफाइनलमा एपीएफले कोशीप्रदेशलाई २३–२ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो।

यस्तै, आर्मीले गण्डकीलाई २१–१२ ले हराएउँदै फाइनल प्रवेश गरेको थियो।

प्रतियोगितामा कोशी प्रदेशको टोली तेस्रो बन्यो।

तेस्रो स्थानका लागि शनिबार नै भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै तेस्रो बनेको हो।

तेस्रो बनेको कोशीले नगद ३० हजार पुरस्कार जित्यो।

चौथो बनेको गण्डकी प्रदेशले २० हजार प्राप्त गर्‍यो।

फाइनल अघि भएको तेस्रो स्थानको खेलमा कोशीले गण्डकी प्रदेशलाई ११–५ ले हराउँदै नगद ३० हजार रुपैयाँ हात पार्न सफल रह्यो ।

सान्त्वना भएको गण्डकीले २० हजारमा चित्त बुझायो ।

त्रिभुवन आर्मी क्लबकी दुर्गा बोहोरा प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भइन्।

यस्तै, एपीएफकी संगीता चौधरी ‘उत्कृष्ट गोलरक्षक’ बनिन्।

एपीएफका शुशिल अधिकारी उत्कृष्ट प्रशिक्षक घोषित भए।

उनीहरुले जनही नगद ५ हजार रुपैयाँ पुरस्कारका साथमा ट्रफी प्राप्त गरे।

१२ गतेदेखी १४ गतेसम्म चलेको प्रतियोगितामा कुल ८ टिमको सहभागिता थियो।

प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेश र विभागीय कलब एपीएफ र आर्मीको प्रतिस्पर्धा थियो।

प्रतियोगिता, लिग कम नकआउटको आधारमा खेलाइएको थियो।