विभागीय त्रिभुवन आर्मीका राजन र निशाले जिते लुम्बिनी ‘रोड रेस’ दौड

प्रथम बनेका राजन र निशाले नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्

जनसम्मत
असार १४, २०८२, शनिबार

विभागीय त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठ र निशा सार्कीले लुम्बिनी राष्ट्रिय खुल्ला पुरुष र महिला ‘रोड रेस’ दौड जितेका छन्।

प्रतियोगितामा पुरुषतर्फ सञ्जय र महिलातर्फ निशा सार्की प्रथम भएका हुन्।

प्रथम बनेका राजन र निशाले नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा आज (शनिबार) घोराहीमा भएको १० किलोमिटर दौड प्रतियोगितामा आर्मीकै नरेन्द्र सिंह रावत

दोश्रो र नेपाल पुलिस क्लबका नागेश्वर अहिर तेश्रो भएका छन्।

यस्तै, महिलातर्फ एपीएफ क्लबकी दीपा परियार दोश्रो र नेपाल पुलिस क्लबकी सुमित्राकुमारी चौधरी तेश्रो भएकी छिन्।

दोस्रो बनेका नरेन्द्र र दिपाले ३० हजार पुरस्कार जिते।

तेस्रो बनेका नागेश्वर र सुमित्राले नगद २० हजार पुरस्कार जिते।