
एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालले लगातार फरक गोलअन्तरमा दोस्रो जीत हासिल निकालेको छ।
उज्वेकिस्तानको तास्केन्तमा भएको खेलमा नेपालले श्रीलंकालाई ८–० गोलले हरायो।
नेपालको जीतमा कप्तान सावित्रा भण्डारी ’साम्बा’ ले ह्याट्रिक गरिन्।
साम्बाले २० औं , ४२ औं र पहिलो हाफको इन्जुरी समयमा गरि पूरा गरेको साम्बाले २० औं , ४२ औं र पहिलो हाफको इन्जुरी समयमा गरिसाम्बाले २० औं , ४२ औं र पहिलो हाफको इन्जुरी समयमा गरि पूरा गरेको ह्याट्रिक पूरा गरिन्।
यस्तै, गीता रानाले २ तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले १/१ गोल गरे।
यो जीतसँगै नेपाल २ खेलबाट ६ अंकसहित समूह ’एफ’ को शीर्ष स्थानमा उक्लिएको जोडेको छ।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलले हराएको थियो।
अब, नेपालले समूह चरणको अन्तिम खेलमा शनिवार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ।
महिला एसियन कप छनोटमा ३४ वटा टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।
हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एसियन कप खेल्नेछन्।
१२ टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन्।