दिलिप र सरिताले जिते पोखरामा संचारकर्मीको ५ किमि दौड

नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवमा ‘१२ महिना, १२ कार्यक्रम’

जनसम्मत
असार २१, २०८२, शनिबार

समाधान दैनिकका दिलिप थारु र प्रमुख मिडियाकी सरिता गुरूङले ५ किमि दौड जितेका छन्।

नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्नो रजत महोत्सव ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत पोखरामा शनिबार सम्पन्न दौडमा पुरुषतर्फ दिलिपले २१ मिनेट ०७ सेकेण्ड र महिलातर्फ सरिताले ३० मिनेट ४३.०६ सेकेण्डमा दौड पूरा गरी पहिलो बनेका हुन्।

प्रतियोगितामा पुरूषतर्फ गोल नेपालका अर्जुन हिताङ दोस्रो भए।

अर्जुनले २२ मिनेट १३ सेकेण्डमा दौड पूरा गरे।

समाधान दैनिकका भिमपाणी बरालले २३ मिनेट ३०.२६ सेकेण्डमा दौड पूरा गरी तेस्रो बने।

पुरुषतर्फ पब्लिक फोरके टिभिका रिखीराम जिसी चौथो बने।

मयुर टाइम्सका प्रविन मगरले पाँचौ स्थान हात पारे।

यसैगरी, महिलातर्फ कास्की पत्रकार महासंघकी उपाध्यक्ष कन्चन थापा कोइराला दोस्रो बनिन्।

प्राइम टिभीकी सम्वदादाता अनिता घिमिरि तेस्रो बनिन्।

मयुर टाइम्सकी प्रशन्ना मानन्धरले चौथो स्थान हात पारिन्।

प्रतियोगितामा विभिन्न संचारमाध्यममा कार्यरत २५ जना संचारकर्मीहरुको प्रतिस्पर्धा थियो।