तिलबहादुर र एञ्जिलाले जिते पोखरामा छात्रछात्रा ५ किमिको दौड

नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवमा ‘१२ महिना, १२ कार्यक्रम’

जनसम्मत
असार २१, २०८२, शनिबार

पोखरामा नियमित आयोजना हुँदै आएको छात्र/छात्रा ५ किमि मासिक दौड छोरेपाटन माविका तिलबहादुर परियार र मेघराज माविकी एन्जिला जिटीले जितेका छन्।

नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवमा ‘१२ महिना १२ कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको छात्र/छात्रा ५ किमि दौडमा तिलबहादुर र एञ्जिला प्रथ मबनेका हुन्।

छात्रतर्फको उक्त दौडमा छोरेपाटन माविकै प्रकाश थिङ दोस्रो बनेका छन्।

छोरेपाटन माविकै आयुष सुनार तेस्रो बनेका छन्।

विष्णुपादुकाका विष्णु परियार चौथो बनेका छन्।

बराह माविका सुमन ढुंगाना पाँचौ भएका छन्।

छात्रातर्फको ५ किमि दौढमा श्रीकृष्ण माविकी स्मृती विक दोस्रो भइन्।

अमरसिंह माविकी एलिना कार्की तेस्रो बनिन्।

सेन्ट मेरिजकी उपासना जोइ गुरूङ चौथो स्थानमा आइन्।

प्रतियोगितामा विजेताहरुलाई अग्रज पत्रकार नारायण कार्की, बद्रि विनोद प्रतिक, कृष्णप्रसाद बास्तोला, मञ्चका सल्लाहकार तिलक केसी, संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, पूर्व अध्यक्ष तेजबहादुर गुरूङ, मञ्चका अध्यक्ष दिलबहादुर गुरूङलगायतले मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरे।

प्रतियोगितामा २ सय जना छात्रछात्राले प्रतिस्पर्धा गरेका थिए।