प्रेस काउन्सिल नेपालमा रिक्त ६ सदस्य नियुक्त

नवनियुक्त सदस्यहरुले नियुक्तिपत्र समेत बुझिसकेका छन्

जनसम्मत
जेठ १९, २०८२, सोमबार

प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त भएका छन्।

संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सोमबार रिक्त ६ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त सदस्यहरु, नेकपा एमाले निकट प्रेस चौतारी र नेपाली काँग्रेस निकट प्रेस युनियनबीच ३/३ जना भागभण्डा गरिएको हो।

प्रेस चौतारीबाट भीमलाल श्रेष्ठ, निमा काफ्ले र शान्तराम विडारी सदस्यमा नियुक्त भएका छन्।

त्यस्तै, प्रेस युनियनबाट बालकृष्ण अधिकारी, पदमराज जोशी र नकुल अर्याल नियुक्त भएका छन्।

नवनियुक्त सदस्यहरुले नियुक्तिपत्र समेत बुझिसकेका छन्।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल आज (सोमबार) बाट सकिएको छ।

वि.सं. २०७८ जेठ २० गते बस्नेत अध्यक्षमा नियुक्त भएका थिए।