
नेपाल पत्रकार महासंघ कास्की शाखाले फुटसल च्याम्पियन बनेको छ।
पत्रकार महासंघ बागलुङ शाखाले मंगलबार आयोजना गरेको फुटसल प्रतियोगिताको फाइनलमा आयोटक टिमलाई ६–५ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
च्याम्पियन बनेसँगै कास्की शाखाले ट्रफी मेडल प्रमणपत्र प्राप्त गरेको छ।
कास्कीले समूह चरणपछि क्वार्टरफाइनलमा बाई पाएर सेमिफाइनल पुगेको थियो।
सेमिफाइनलमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको टिमलाई ७–२ गोलअन्तरले हराउँदै फाइनल पुगेको थियो।
प्रतियोगितामा महासंघ बागलुङ शाखाका ३ टिम, कास्की, म्याग्दी र पर्वत शाखाले प्रतिस्पर्धा गरेको थियो।