यु–२० साफ महिला च्याम्पियनसीप: भुटानमाथि नेपालको गोलवर्षा

पूर्णिमाको ४ गोल मद्दतमा भुटानमाथि ६–१ को फरक गोल अन्तरमा नेपालको विजयी सुरुवात

जनसम्मत
असार २७, २०८२, शुक्रबार

२० वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबलमा भुटानलाई गोलवर्षा गराउँदै नेपालले शान्दार विजयी सुरुवात गरेको छ।

बंगलादेशको बसुन्धरा किङ्स एरिनामा हिँजो (शुक्रबार) भएको खेलमा नेपालले भुटानलाई ६–१ को फरक गोलअन्तरमा हराउँदै २० वर्षमुनिको साफ महिला च्याम्पियनसीपमा विजयी सुरुवात गरेको हो।

खेलमा नेपालकी पूर्णिमा राईले ह्याट्रिक गरिन्।

सेनु परियारले २ गोल गरिन्।

जीतसँगै नेपालले ३ अंक जोडेको छ।

भुटानका लागि केल्देन वाङ्मोले सान्त्वना गोल फर्काइन्।

खेलको नवौं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

खेलको १८ औं मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन्।

खेलको ४५ औं मिनेटमा सेनुले ब्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरिन्।

नेपालले खेलको पहिलो हाफमा ३–० को अग्रता लिएको थियो।

त्यसैगरी, खेलको ५४ औं मिनेटमा भुटानले १ गोल फर्कायो।

भुटानका लागि केल्देनले गोल गरिन्।

खेलको ६३ औं मिनेटमा पूर्णिमाले व्यक्तिगता गोल गर्दै नेपालको अग्रता ४–० मा पुर्‍याइन्।

खेलको ८४ औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन्।

खेलको ८८ औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६–१ को अवस्थामा ल्याइन्।

त्यसअघि, प्रतियोगिताअन्तर्गत हिँजै (शुक्रबार) भएको उद्घाटन खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकालाई ९–० को फराकिलो गोल अन्तरले हराएको छ।

अब, नेपालले भोलि बंगलादेशसँग खेल्नेछ।