
विशन क्षत्री, संसदीय पत्रकार मञ्च गण्डकी अध्यक्षमा निर्वाचित भएका छन्।
मञ्चको पोखरामा आइतबार सम्पन्न छैटौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा उनले अध्यक्षका प्रत्यासी रोहितराज पराजुलीलाई मात्र ४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
कुल ३६ मतदातामध्ये शत्प्रतिशत मत खसेकामा विशनले २० मत ल्याएका थिए।
मञ्चको सचिव, सह–सचिव तथा कार्यसमिति सदस्यमा सर्वसम्मत् भएपनि अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि मतदान भएको हो।
उपाध्यक्षमा अनुप पौडेल र कोषाध्यक्षमा ऋषिराम बराल निर्वाचित हुँदा सचिवमा युनिश गुरुङ र सह–सचिवमा उमा आलेमगर निर्विरोध भएका हुन्।
मतदानमा उपाध्यक्ष पदका उम्मेदवार अनुप पौडेलले युवराज श्रेष्ठलाई पराजित गर्दा कोषाध्यक्षमा ऋषिराम बरालले फणीन्द्र अधिकारी ‘अकिञ्चन’ लाई हराएका हुन्।
सदस्यमा दुर्गा रानामगर, विमल तिवारी, अनिता घिमिरे, प्रतीक्षा काफ्ले, सञ्जय रानाभाट र सुवास पौडेल सर्वसम्मत् निर्वाचित भएका छन्।
त्यसअघि, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिवेशनको उद्घाटन गरेका थिए।
मञ्चका निवर्तमान अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो।