मिलो कराँतेमा रणदीपलाई कास्य

रणदीपले पुरुष एकल कातामा नेपाललाई कास्य दिलाएका हुन्

जनसम्मत
असार २३, २०७६, सोमबार

पोखरा । नेपाली कराँते खेलाडी रणदीप गोलेले २० औं अन्तर्राष्ट्रिय मिलो कराँते च्याम्पियनसीपमा कास्य जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा उनले पुरुष एकल कातामा नेपाललाई कास्य दिलाएको टोली नेता प्रकाश श्रेष्ठले जनाएका छन् ।

अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आइएमए) का अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार रणदीपले फिलिपिन्स, भारत र मलेसियाका खेलाडीलाई हराएका थिए । प्रतियोगितामा रणदीपसहित ४ खेलाडीले नेपालको चुनौति प्रस्तुत गरेका थिए । प्रतियोगिताबाट अजय मगर, कमल दर्जी र सुजन विश्वकर्मा पदकविहीन रहे ।