
नेपालले साफ यु–२० महिला च्याम्पियनसीपमा फेरिपनि श्रीलंकाको पोस्टमा ७ गोल वर्षा गराएको छ।
बंगलादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनसीपमा नेपालले श्रीलंकालाई दोस्रो खेलमा पनि ७–० कै जीत निकालेको हो।
ढाकाको बसुन्धरा स्पोट्र्स मैदानमा शुक्रबार भएको खेलमा नेपालले श्रीलंकालाई ७–० गोलले हरायो।
पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो।
नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले २/२ गोल गरे।
पूर्णिमा राई, सरिताकुमारी नाथ र बिर्सना चौधरीले १/१ गोल थपे।
प्रतियोगिताको यसअघिको भेटमा पनि नेपालले श्रीलंकालाई ७–० ले हराएको थियो।
यस्तै, नेपालले पहिलो खेलमा भूटानलाई ६–१ ले हराएको थियो।
त्यस्तै, दोस्रो खेलमा आयोजक बंगलादेशसँग ३–२ ले पराजित भएको थियो।
यो जीतसँगै नेपाल ४ खेलबाट ९ अंकसहित गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
बंगलादेश ३ वटै खेल जित्दै ९ अंकका साथ दोस्रो स्थानमा छ।
प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले बेलुकी पौने ७ बजे भूटान र बंगलादेश खेल्दैछन्।
सहभागी ४ वटा टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।