बंगलादेशलाई साफ यु–२० महिला च्याम्पियनसीपको उपाधि

नेपाल तेस्रो पटक उपविजेतामा सीमित बन्यो

जनसम्मत
श्रावण ५, २०८२, सोमबार

बंगलादेशले २० वर्षमुनिको महिला साफ च्याम्पियनसीपको उपाधि जितेको छ।

अन्तिम खेलमा सोमबार नेपाललाई ४–० गोलले हराउँदै बंगलादेशले पाँचौं पटक उपाधिको हो।

अहिलेसम्म बंगलादेश र भारतले मात्र यो प्रतियोगिताको उपाधि जितेका छन्।

भारतले जम्मा २ पटक उपाधि जितेको छ।

नेपाल तेस्रो पटक उपविजेतामा सीमित बनेको छ।

यसअघि, सन् २०१८ र २०२३ मा नेपाल उपाधिबाट चुकेको थियो।

दुवै पटक नेपाल बंगलादेशसँग नै हारेको थियो।

नेपाल ३ पटक तेस्रो भएको इतिहास छ।

बंगलादेशले ६ खेलमा सबै खेल जितेर १८ अंकसहित च्याम्पियन बन्यो।

६ खेलमा ४ मा जीत र २ हारका साथ नेपाल १२ अंकसहित दोस्रो बनेको छ।

नेपालले बंगलादेशसँग पहिलो खेलमा ३–२ ले पराजित भएको थियो।

बंगलादेशसँग हारेपनि नेपालले श्रीलंका र भूटानविरुद्ध सानदार जीत निकालेको थियो।