काभा च्याम्पियन्स लिग: हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने

लिगको अन्तिम खेलमा श्रीलंकन पोर्ट्स अथोरिटीलाई ३–० को सेटमा हरायो

जनसम्मत
श्रावण ७, २०८२, बुधबार

काभा पुरुष क्लब च्याम्पियन्स लिगमा हेल्प नेपाल स्पोर्ट्स क्लबले तेस्रो स्थानका लागि खेल्दैछ।

हेल्प नेपालले मंगलबार आफ्नो अन्तिम खेलमा शानदार जितसहित लिग चरणको यात्रा सम्पन्न गरेसँगै तेस्रो स्थानका लागि खेल्ने भएको हो।

लिगको अन्तिम खेलमा हेल्प नेपालले श्रीलंका पोट्र्स अथोरिटीलाई ३–० को सोझो सेटमा हरायो।

खेलमा हेल्प नेपालले २५–१६, २५–२ र २५–२३ को सेटमा सहज जित दर्ता गर्‍यो।

यो नतिजासँगै हेल्प नेपालले ५ खेलबाट ११ अंक जोड्दै लिग चरण तेस्रो स्थानमा रहेर टुंग्यायो।

अब काँस्य पदकका लागि पनि यिनै दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।

यसअघि, हेल्प नेपालले कजाकिस्तानको जायक, माल्दिभ्सका धिवेही सिफाइन्स र क्लब एचडीसीलाई पराजित गर्दै सशक्त प्रदर्शन गरेको थियो।

किर्गिस्तानको बिस्केकविरुद्ध भने हेल्प नेपालले हार ब्यहोरेको थियो।