
नेपालको लिग च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब काभा च्याम्पियन लिगमा तेस्रो बनेको छ।
तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाको पुलिसलाई हराउँदै हेल्प नेपाल काभा च्याम्पियन लिगको तेस्रो स्थान हात पार्न सफल भएको हो।
हेल्प नेपालले ३–१ को सेटमा जीत हात पारेको हो।
मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पनि हेल्प नेपालले श्रीलंकाली पुलिसलाई ३–० को सेटमा पराजित गरेको थियो।
तर, कीर्गिस्तान बिश्केकसँग समान अंक ११ भएपनि सेटको आधारमा हेल्प नेपाल फाइनल खेल्नबाट चुक्यो।
कीर्गिस्तानी बिश्केकसँग २ सेटले पछि पर्दा हेल्प नेपाल फाइनल पुग्न चुकेको थियो।
हिँजो हेल्प नेपालले पहिलो सेट २५–२० ले जित्यो।
अर्को सेट पनि २५–१५ ले सहजै आफ्नो बनायो।
तर, तेस्रो सेट २०–२५ ले गुमाएपछि हेल्प नेपाल दबावमा परेको थियो।
चौथो सेटमा पुनरागमन गर्दै हेल्प नेपाल २५–२१ ले विजयी बन्यो।