
पछिल्लो एक वर्षमा सामाजिक सुरक्षा कोषमा ८ लाख ८८ हजार श्रमिक सूचीकृत भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा औपचारिक श्रमिक ९० हजार २९५ सूचीकृत भएका छन्।
यस्तै, वैदेशिक रोजगारीका श्रमिक ७ लाख ९७ हजार ६४६ सूचीकृत भएका हुन्।
अनौपचारिक क्षेत्रका ४२५ जना, स्वरोजगार २७४ जना श्रमिक सूचीकृत भएका हुन्।
सामाजिक सुरक्षातर्फ गत आवमा २८ अर्ब ४४ करोड रुपैयाँ योगदान बापत संकलन भएको छ।
सामाजिक सुरक्षाको योगदान अहिलेसम्म ८६ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।