तयार भयो (नेकपा) को राजनीतिक प्रतिवेदन : प्रचण्ड

संसारमा कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय तर शासन गर्ने सवालमा अलोकप्रिय बन्ने गरेको भन्दै गुटगत स्वार्थलाइ त्यागी सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने

जनसम्मत
असार २३, २०७६, सोमबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन तयार भएको बताएका छन् ।

नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन नेपालको एकता महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुई अध्यक्षबीच सहमतिमा पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनको टुंगो लागेको बताए ।

अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन तयार भएसँगै पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति प्रस्ट भएको बताए ।
अध्यक्ष प्रचण्डले संसारमा कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय तर शासन गर्ने सवालमा अलोकप्रिय बन्ने गरेको भन्दै गुटगत स्वार्थलाइ त्यागी सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने बताए ।

नेकपा नेतृत्वको सरकारले जनअपेक्षा अनुसार बिकास र समृद्धिको सपना पूरा गर्न नसके दुर्भाग्य हुने बताए । उनले यस बेला नेकपा र नेकपा नेतृत्वको सरकार बिशेष परिस्थितिमा रहेको उल्लेख समेत गरे ।