पत्रकार गोविन्द सुवेदीलाई पर्यटन पत्रकारिता पुरस्कार प्रदान

पुरस्कार राशि १५ हजार रुपैयाँ छ

जनसम्मत
श्रावण २९, २०८२, बिहीवार

पोखराका पत्रकार गोविन्द सुवेदीलाई महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) द्वारा संचालित पर्यटन पत्रकारिता पुरस्कारबाट प्रदान गरिएको छ।

ओटेफको विहिबार पोखरामा आयोजना भएको सातौं साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा सुवेदीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारीलगायतले पत्रकार सुवेदीलाई नगद १५ हजारसहित दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे।

पत्रकार सुवेदी केन्द्रखबर डटकमका प्रकाशक तथा सम्पादक हुन्।