यु–२० महिला एसियन कप छनोट: नेपालले घरेलु भुटानसँग बराबरी खेल्यो

नेपाल र घरेलु भुटानले समान १/१ अंक जोड्यो

जनसम्मत
श्रावण २१, २०८२, बुधबार

एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले घरेलु भुटानसँग बराबरी खेलेको छ।

घरेलु भुटानसँगको बुधबार भएको खेलमा नेपाल भुटानसँग १–१ गोलको बराबरीमा रोकियो।

भुटानविरुद्ध नेपालकी सोनु परियारले खेलको ४० औं सेकेण्डमा गोल गरेपनि नेपालले लामो समय अग्रता जोगाउन सकेन।

खेलको १८ औं मिनेटमा भूटानले गोल फर्कायो।

भुटानको लागि केल्देन वाङमोले बराबरी गोल गरिन्।

त्यसपछि खेलको ७० औं मिनेटमा नेपालले गोल गर्‍यो।

तर, असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाएपछि दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन।

प्रतियोगीतामा नेपालले महत्त्वपूर्ण ३ अंक जोड्ने मौका गुमायो।

नेपाल र भुटानले समान १–१ अंक जोड्यो।

यसअघि, बंगलादेशमा भएको साफ यु–२० महिला च्याम्पियनसीपमा भने नेपालले भुटानलाई पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० ले हराएको थियो।

छनोट समूह ‘ए’ मा नेपालसँगै आयोजक भुटान, साउदी अरेबिया र उत्तर कोरिया छन्।

समूह विजेताले सन् २०२५ मा थाइल्यान्डमा हुने एएफसी यु–२० महिला एसियन कप खेल्नेछन्।