यु–२० महिला एसियन कप छनोट: उत्तर कोरियासँग नेपालको लज्जाजनक हार

उत्तर कोरियासँग नेपाल ११–० ले पराजित

जनसम्मत
श्रावण २५, २०८२, आइतबार

एएफसी यु–२० महिला एसियन कप छनोटमा नेपालले उत्तर कोरियासँग फराकिलो अन्तरको हार ब्यहोरेको छ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० गोलले पराजित बन्यो।

पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा ६ गोल थप्यो।

यो जीतसँगै उत्तर कोरिया समूह विजेता बन्दै आउँदो वर्ष थाइल्यान्डमा हुने एएफसी यु–२० को एसियन कपमा छनोट भएको छ।

उत्तर कोरियाले ३ वटै खेल जितेर ९ अंक जोड्यो।

उत्तर कोरियाले पहिलो खेलमा साउदी अरबलाई १५–० गर्‍यो।

त्यस्तै, दोस्रो खेलमा आयोजक भुटानलाई १०–० गोलले हराएको थियो ।

यो हारसँगै नेपाल एसियन कपमा छनोट हुन असफल भएको छ।

नेपालले ३ खेलबाट ४ अंक जोड्यो।

प्रतियोगितामा नेपालले पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्यो।

त्यस्तै, नेपालले साउदी अरबलाई १–० गोलले हराएको थियो।