टप एण्ड टी–२० श्रृंखला: नेपालको लगातार दोश्रो हार

बंगलादेश ‘ए’ २९ रनले विजयी

जनसम्मत
श्रावण ३१, २०८२, शनिबार

टप एण्ड टी–२० श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ।

अस्ट्रेलियामा चलिरहेको श्रृंखलामा बंगलादेश ‘ए’ सँग नेपाल २९ रनले पराजित भएको हो।

अस्ट्रेलियाको डार्बिनमा बंगलादेश ‘ए’ ले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेट गुमाएर १५४ रन मात्रै बनायो।

नेपालका कुशल मल्लले अविजित सर्वाधिक ५९ रनसहित अर्धशतक बनाए।

आसिफ शेखले २८ रन जोडे।

बंगलादेश ‘ए’ का रकिबुल हसनले ३ विकेट लिए।

हसन महमुदले २ विकेट लिए।

तोफेल अहमद र रिपन मण्डलले समान १/१ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले ६ विकेट गुमाएर १८३ रन बनायो।

बंगलादेशका जिशन आलमले सर्वाधिक ७३ रन बनाए। अफिफ हुसेनले अविजत ४४ रन जोडे।

नेपालका रिजन ढकालले २ विकेट लिए।

करन केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान १/१ विकेट लिए।

नेपालले आफ्नो पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो।

त्यस्तै, आफ्नो पहिलो खेलमा बंगलादेश ‘ए’ टोली पाकिस्तान साहिन्ससँग ७९ रनले पराजित भएको थियो।

यस श्रृंखलामा नेपालको पहिलो सहभागिता हो।

प्रतियोगितामा ११ वटा टोली छन्।

सहभागी हरेक टोलीले लिग चरणमा ६ खेल खेल्नेछन्।

प्रतियोगिताअन्तर्गत नेपालले भोलि (आइतबार) मेलबर्न स्टार्ससँग खेल्नेछ।

त्यसैगरी, पर्सि भदौ ३ गते (मंगलवार) होबर्ट हुरिकेन्ससँग खेल्नेछ।

त्यस्तै, भदौ ४ गते (बुधवार) मेलबर्न रेनेगेड्ससँग खेल्नेछ।

यसैगरी, भदौ ५ गते (विहीवार) खेल्नेछ।

यस्तै, भदौ ६ गते (शुक्रबार) पाकिस्तान साहिन्ससँग खेल्नेछ।

अस्ट्रेलियामा टप एण्ड टी–२० श्रृंखलापछि पनि नेपालले अभ्यास खेलपनि खेल्नेछ।

आइसीसी टी–२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले टप एण्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो।