ढोरपाटनकर्मी अर्जुन काफ्ले र राजेन्द्र नेपाली पुरस्कृत

काफ्ले, उत्कृष्ट संवाददाता र नेपाली, उत्कृष्ट व्यवस्थापक

जनसम्मत
भाद्र १, २०८२, आइतबार

ढोरपाटनकर्मी अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपाली पोखरामा पुरस्कृत भएका छन्।

एक समारोहबीच आइतबार पोखरामा पत्रिकाका स्याङ्जा संवाददाता काफ्ले र व्यवस्थापक नेपाली पुरस्कृत भएका हुन्।

पोखराबाट प्रकाशन हुने ढोरपाटन दैनिकले आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट संवाददाताको रुपमा स्याङजा संवाददाता अर्जुन काफ्ले र व्यवस्थापक राजेन्द्र नेपालीलाई सम्मान तथा पुरस्कृत गरेको हो।

पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक हरिनारायण गौतम र पोखरा महानगरप्रमुख धनराज आचार्यले दुवैजनालाई नगद पुरस्कारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।

ढोरपाटनले हरेक वर्ष उत्कृष्ट पत्रकार र कर्मचारी पुरस्कार तथा सम्मान गर्दै आएको छ।

त्यस्तै, दुई/दुई वर्षमा सामाजिक क्षेत्रका अगुवालाई पनि सम्मान गर्दै आएको छ।

वार्षिकोत्सवको अवसरमा पत्रिकाले ‘गण्डकीका नविनतम् प्रयास’, ‘पोखरा पर्यटन वर्ष–२०२५’ समेतलाई समेटेर विशेषांक प्रकाशित गरेको छ।

आगामी दिनमा पनि सोही प्रकृतिका सामाग्री पस्कने पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक गौतमले प्रतिबद्धता समेत जनाए।

२०५९ साल भदौ १ गतेबाट ढोरपाटन दैनिकले आफ्नो प्रकाशन सुरु गरेको हो।