साफ यु–१७ महिला च्याम्पियनसीप : नेपाल बंगलादेशसँग फेरि पराजित

पहिलो खेलमा नेपाल बंगलादेशसँग नै ३–० गोलले पराजित भएको थियो

जनसम्मत
भाद्र ११, २०८२, बुधबार

साफ यु–१७ महिला च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग फेरि पराजित भएको छ।

हारसँगै नेपाल उपाधि जित्ने होडबाट बाहिरिएको छ।

भुटानको थिम्पुमा बुधबार भएको खेलमा नेपाललाई बंगलादेशले ४–१ गोलले हरायो।

बंगलादेशकी सौरभी अकन्दा प्रितीले ह्याट्रिक र थुइनुए मार्माले १ गोल गरिन्।

नेपालकी भूमिका बुढाथोकीले गोल गरिन्।

प्रतियोगितामा नेपालको यो चौथो खेल हो।

यसअघि, भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो।

यसअघि, नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो।

दोस्रो खेलमा भुटानलाई २–१ ले हराएको थियो।

प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन्।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।

नेपालले पर्सि शुक्रवार भारतसँग र आउँदो आइतवार भुटानसँग खेल्नेछ।