टी–२० अभ्यास खेलमा नेपालको लगातार दोश्रो जीत

नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ६ विकेटले हरायो

जनसम्मत
भाद्र १०, २०८२, मंगलवार

टी–२० अभ्यास खेलमा नेपालले लगातार दोश्रो जीत निकालेको छ।

नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ६ विकेटले हरायो।

एसीटीले दिएको ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३ ओभर २ बलमा भेट्टायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाए।

एसीटीका इ रहेमानले २ तथा एल इभान्स र डी दुबेले समान १ विकेट लिए।

त्यसअघि, पहिले ब्याटिङ गरेको एसीटीले १७ ओभर २ बलमा सबै विकेट गुमाएर ९६ रन मात्र बनायो।

एन ब्रोसले सर्वाधिक १६ रन बनाए।

नेपालका दीपेन्द्रसिंह ऐरी र शहाब अलामले समान ४/४ विकेट लिए।

यस्तै, गुलशनकुमार झा र रोहित पौडेलले समान १/१ विकेट लिए।

यसअघि, भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो।

टप इन्ड टी–२० श्रृंखलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न लागेको हो।

टप इन्ड टी–२० श्रृंखलामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

आइसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले अस्ट्रेलिया भ्रमण गरेको हो।