पत्रकार एकराज गिरीलाई सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार प्रदान

पुरस्कार राशि नगद २५ हजार रुपैयाँ छ

जनसम्मत
भाद्र १९, २०८२, बिहीवार

पोखराका कृयाशील पत्रकार एकराज गिरीलाई सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ।

पोखरा यातायात प्रालिको पोखरामा विहीबार आयोजित सातौ वार्षिक साधारणसभामा प्रालिले स्थापना गरेको सो सडक यातायात व्यवसायी पत्रकारिता पुरस्कार पत्रकार गिरीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी संयोजक केदार पौडेल, पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रंसाद गुरुङ, नेपाल पत्रकार पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगायतले दोसल्ला ओढाएर सम्मानपत्रसहित पत्रकार गिरीलाई सम्मान गरेका हुन् ।

पुरस्कार राशि नगद २५ हजार रुपैयाँ रहेको छ।

पोखरा महानगरपालिका–२४ कास्कीकोटमा जन्मिएका पत्रकार गिरीले २०६० सालदेखि पत्रकारिता सुरु गरेका हुन्।

पत्रकार गिरी हाल सफल न्युज डटकमको कार्यकारी सम्पादक हुन्।

पत्रकार गिरीले पोखरा हटलाइन दैनिक, गोरखापत्र दैनिक, रेडियो गोर्खाली, पोखरा एफएमलगायत आधा दर्जन संचारमाध्यममा काम गरिसकेका छन्।