
सरकारले फेसबुक र ट्विटरलगायतका सामाजिक सञ्जाल खोलेको छ।
सरकारले अवरुद्ध बनाएको फेसबुकसहितका सामाजिक सञ्जाल पुन: संचालनमा आएका हुन्।
भ्रष्टाचारविरुद्धको जेन जीको प्रदर्शनमा नरसंहार मच्चाएपछि चरम आलोचित बनेको सरकारले केहीबेरदेखि सामाजिक सञ्जाल खोलेको हो।
सरकारले नियमनका लागि भन्दै चार दिनदेखि सम्पूर्ण सामाजिक सञ्जाल बन्द गरेको थियो।
संचार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुनुपर्ने भन्दै सरकारले नियमनका लागि सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गरेको थियो।
गएराति बसेको मन्त्रिपरिषद् बैठकले ती सञ्जाल खोल्ने निर्णय गरेको हो।
निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गर्ने जिम्मा संचार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको थियो।
संचारमन्त्री पृथ्वीसुव्वा गुरुङले ‘अब निष्कृय भएका सामाजिक सञ्जाल पुन: संचालनमा आइसकेका छन्’ भन्ने जानकारी दिएका छन्।
भदौ १९ गतेदेखि सूचीकरण नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गरिएको थियो।
झण्डै, डेढ वर्षदेखि सूचीकरणबारे छलफल भएपनि सम्बन्धित कम्पनीहरूले सहमति नदिँदा सरकारले बाध्यतापूर्वक बन्द गर्ने निर्णय गरेको बताउँदै आएको थियो।