
साफ यु–१७ को च्याम्पियनसीपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ।
श्रीलंकाको कोलम्बो रेसकोर्स मैदानमा विहीबार भएको दोस्रो सेमिफाइनलमा भारतसँग ३–० गोलले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको हो।
भारतको जीतमा गुनलेइबा वाङखेरकपाम, अजलान शाह र डाइमन्डसिंह थोक्चोमले गोल गरे।
नेपालले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो।
तर, खेलको ६१ औँ मिनेटमा वाङखेरकपामको गोलमार्फत भारतले अग्रता लियो।
८० औँ मिनेटमा अजलानले अग्रता दोब्बर बनाए।
इन्जुरी समयको चौथो मिनेटमा थोक्चोमले भारतका लागि गोल गर्दै ३–० को सहज जीत दिलाए।