
पछिल्ला ३ महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ।
गएको साउन १ गतेदेखि असोज ३१ गतेको अवधिमा संख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो।
तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना रहेको काउन्सिलले प्रेस विज्ञप्तिमा जनाएको छ।
त्यसैगरी धम्की/दुव्र्यवहारका १०, पेसागत असुरक्षाका ८, कब्जा/अवरोधका ५ र नीतिगत बन्देजका २ वटा घटना घटेको छ।
प्रदेशअनुसार सबैभन्दा धेरै बागमतीमा ४४, मधेशमा ६, लुम्बिनीमा ४, कोशीमा ३, सुदूरपश्चिममा १ वटा घटना घटेका छन्।
यस अवधिमा लैङ्गिक आधारमा भएका घटनामा ४३ पुरुष र ३ महिला गरी ४६ जना पत्रकार पीडित भएका पाइएको छ।
यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका २ घटना भएका छन्।
जसमध्ये, वागमती प्रदेशमा १ र मधेश प्रदेशमा १ प्रेस स्वतन्त्रताका दुरुपयोगका घटना भएको काउन्सिलले जनाएको छ।
यसैवीच, प्रेस काउन्सिल नेपालको एक टोलीले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा काठमाण्डौं उपत्यकाको संचारमाध्यमहरुमा भएको आगजनी र तोडफोड सम्बन्धमा स्थलगत अनुगमन गरेको जनाएको छ।
